Section 14
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार
रजिष्ट्रारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ : –
(१) परिषद्को निर्णय कार्यान्वयन गर्ने, गराउने ।
(२) परिषद्को बैठकमा पेश गर्नु पर्ने छलफलको विषय सूची तयार गर्ने ।
(३) रजिष्ट्रारको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।